काठमाडौं । सातोको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ मा पुगेको हो ।
सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैया कारोबार भएको छ ।
सोमबार एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । आज नेपाल फाइनान्सको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, मैलुङ खोला जल विद्युत कम्पनीको ८.४४ प्रतिशत, स्वाभिमान लघुवित्तको ३.९७ प्रतिशत, कुमारी सवल योजनाको ३.६० प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ३.४३ प्रतिशत सहित ८१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
प्रतिक्रिया दिनुहोस्