काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२९ अंकले बढेर परिसूचक २०५३.३८ मा पुगेको बजार बन्द भएको हो ।
सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१.५३ रुपैयाँको कारोबार भएको छ ।
सोमबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १९ करोड १३ लाख २४ हजार ३ सय ९४ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ हजार ७३ रुपैयाँ रहेको छ ।
सोमबार १७६ कम्पनीको सेयर मूल्य बढ्दा ६० कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज हिमालयन उर्जा विकास कम्पनीको सेयर मूल्य ९.७४ प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्