काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १६.२९ अंकले बढेर २०५३.३८ मा पुगेको हो ।
सोमबार ३२३ कम्पनीको ७१ लाख ६५ हजार ७३५ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार २१ रुपैयाँ कारोबार भएको छ ।
सोमबार हिमायन ऊर्जा विकास कम्पनीको ९.७४ प्रतिशत, दोर्दी खोला जल विद्युत कम्पनीको ८.४७ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ७.५२ प्रतिशत, हिमालयन बैंक बोन्ड-२०८६ को ७.४८ प्रतिशत सहित २१४ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्