Shikhar Insurance

युवा उद्यमीको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा अभिमन्यु गोल्छा चयन

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १२:२०
NIMB
Nabil Bank

काठमाडौं । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौँको याक एन्ड यतिमा भएको हो ।

कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो । नव–निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

Citizen Life
Kumar Bank

मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

कार्यक्रममा मञ्चका पहिलो उपाध्यक्ष आप्पा शेर्पा, दोस्रो उपाध्यक्ष अनुभव श्रेष्ठ, कार्यसमिति सदस्यहरू क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्षा अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल सहभागी थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्