Shikhar Insurance

कृषि उत्पादन बढाउन नवीकरणीय ऊर्जा प्रयोग गर्नुपर्नेमा विज्ञहरूको जोड

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार ११:५१
NIMB
Nabil Bank

काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) र नेपाल नविकरणीय उर्जा परिसंघ (रिकन) ले छलफल कार्यक्रम आयोजना गरेको छ । एईपीसी र रिकनले आइतबार राष्ट्रिय धान दिवसको अवसरमा नवीकरणीय ऊर्जा र कृषिका लागि ऊर्जा दक्षता भन्ने विषयवस्तुमा छलफल कार्यक्रम आयोजना गरेको हो ।

कल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सभा कक्षमा आयोजित कार्यक्रममा ऊर्जा विज्ञ, सरकारी अधिकारीहरु र वैकल्पिक उर्जा प्रवद्र्धनमा सक्रिय निजी क्षेत्रका उद्यमीलगायतका वक्ताहरुले कृषि क्षेत्रमा नवीकरणीय उर्जा र उर्जा दक्षता प्रविधिको एकीकरण गरी उत्पादकत्व र दिगोपनामा जोड दिनुपर्नेमा कुरा उठाएका छन् । “आयातित खाद्य पदार्थमा निर्भरता घटाउन र खाद्य सुरक्षा सुनिश्चित गर्न नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षता महत्वपूर्ण छ,” उनीहरूले औंल्याए ।

Citizen Life
Kumar Bank

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले भने,’कृषि क्षेत्रमा नवीकरणीय उर्जाको प्रयोग बढाउने तथा ऊर्जा दक्षताका उपाय खोज्न निरन्तर छलफल र विचार विमर्श गरिनु आवश्यक छ । नवीकरणीय उर्जालाई सिँचाइ र बाली व्यवस्थापन बाहेक कृषि उत्पादन ढुवानी र लामो समयसम्म भण्डारण गर्न पनि प्रयोग गर्न सकिन्छ ।’

उनले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता ऐन ल्याउन नेपाल सरकारबाट आवश्यक तयारी भइरहेको र यस सम्बन्धी समस्यालाई सम्बोधन गर्न संसदको चलिरहेको बैठकमा यससम्बन्धी विधेयकमाथि छलफल भइरहेको पनि उल्लेख गरे । नवीकरणीय ऊर्जा परिसंघ नेपाल (रिकन) का अध्यक्ष गुणराज ढकालले नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउन नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगको महत्वबारे प्रकाश पारेका थिए । यसैगरी कृषिका लागि नविकरणीय उर्जा प्रविधिका संवन्धमा केन्द्र र परिसंघको सहकार्य अपरिहार्य भएको उल्लेख गरेका थिए ।

केन्द्रका उपनिर्देशक शुभलक्ष्मी श्रेष्ठले कृषिका लागि नविकरणीय ऊर्जा प्रविधि उपयोग गर्न तथा ऊर्जा दक्षताका उपायहरुका लागि केन्द्रले उल्लेखनीय योगदान गर्दै आएको र निजी क्षेत्रका साथ सहकार्य गर्दै कृषि क्षेत्रमा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्नुर्ने बताईन् । उक्तः अवसरमा शेखर अर्याल, सुशील ज्ञवाली, के. आर खनाल, डा. शान्तिकला सुवेदी, सुनिता न्हेमफुकी, सुहृद चापागाईंले पनि मन्तव्य राखेका थिए । कार्यक्रमको समापनमा पूर्व विज्ञान तथा प्रविधि मन्त्री गणेश शाहले संवन्धित निकायहरुले प्रदेश तथा स्थानिय स्तरमा पनि कृषिका लागि नविकरणीय उर्जा प्रविधि तथा ऊर्जा दक्षता संवन्धि क्षमता अभिवृद्धि र सचेतनाका लागि परिचयात्मक कार्यक्रमहरु सञ्चालन गर्नु उपयुक्त हुने विचार व्यक्त गरे ।

उक्त छलफल कार्यक्रममा इमी बाट शिशिर श्रेष्ठ, प्राक्टिकल एक्सन बाट मिन बिक्रम मल्ल तथा एग्रडाइरेक्टका सुबास श्रेष्ठ ले सिँचाइका लागि सौर्य ऊर्जाको प्रयोग, नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग र ऊर्जा दक्षताका विषयमा प्रस्तुति दिएका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्