Shikhar Insurance
National Life

सिटिजन्स बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार ११:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर सर्वसाधारण लागि बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेपछि अन्य व्यत्तिm तथा संस्थामा सेयर बिक्री खुला गरेको हो ।

बैंकले जेठ १२ गते संस्थापक समूहका सेयरधनी स्वामीनाथ प्रसाद तेलीको नाममा रहेको १३ हजार ६ सय २९.२३ कित्ता सेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशन गरेको थियो । सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १०३ रुपैयाँ तोकिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको ३५ दिन भित्र बैकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्