Shikhar Insurance
National Life

सुनचाँदी खरिदबिक्री गर्ने सोचमा हुनुहुन्छ ? थाहा पाउँनुहोस् आजको बजार भाउ

सिंहदरबार संवाददाता
२०८१ असार १७, सोमबार १०:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन २०० रुपैयाँले बढेको सुनको मूल्य सोमबार पनि २०० रुपैयाँले बढेको हो ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोमबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सुन अघिल्लो दिन १ लाख ४१ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ७९० रुपैयाँमा किनबेच भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्