काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद फेरि उत्कर्षमा पुगेको छ । चार जना संघीय सांसद रहेको पार्टीको संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठ हटाईएकी छिन् । श्रेष्ठलाई हटाएर गंगाराम चौधरी संसदीय दलको नेता बनेका छन् र उनलाई चारमध्ये तीन जना संसदको साथ रहेको छ । चौधरीको नेतृत्वमा संसदीय दलका बहुमत सदस्यहरुले रञ्जितालाई दलको नेताबाट हटाउने निर्णय गरेका हुन् ।
रेशम चौधरीको अगुवाईमा गठन भएको नागरिक उन्मुक्ति पार्टीमा उनकी पत्नि रञ्जिता श्रेष्ठ अध्यक्ष थिइन् । श्रीमान–श्रीमतिको झगडाले पार्टीमा उग्र रुप लिँदै आएको थियो । संघीय संसदमा चार सांसदमध्ये यस अघि रञ्जिताका पक्षमा बहुमत सदस्य थिए । अब भने रेशमले कमब्याक गरेका छन् । नागरिक उन्मुक्तिको किचलोले नयाँ मोड लिएँसगै अब सत्ता गठबन्धनमै संकट आउने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्