Shikhar Insurance
National Life

सत्ती भन्सारद्वारा ११ महिनामा ९ करोड राजश्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १७:५७
Hyundai
NCELL
NIMB

कैलाली । कैलालीको सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ९ करोड ८० लाख ७८ हजार राजश्व सङ्कलन गरेको छ ।

सत्ती भन्सार कार्यालयले चालु आवमा १२ करोड एक लाख ४७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । अबको १५ दिनमा उक्त लक्ष्यमा पुग्न मुश्कील हुने देखिन्छ । गत वर्षको तुलनामा यस वर्ष राजश्व बढ्ने सत्ती भन्सार कार्यालयका प्रमुख दिनहरि सापकोटाले जानकारी गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आर्थिक वर्षमा सो भन्सार कार्यालयले १६ करोड ९४ लाख ४१ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । तर सो आवमा ७ करोड ५० लाख ४० हजार मात्र राजश्व सङ्कलन भएको प्रमुख सापकोटाले बताए । ‘यस वर्ष हामी लक्ष्य प्राप्तिको नजिक पुगेका छौं’ उनले भने ।

सत्ती भन्सार कार्यालयले प्रशासनिक सेवा शुल्कवाफत ६४ हजार, बेरुजुबाट १ लाख, एकलौटी फार्म तथा व्यक्तिगत आयमा लाग्ने करतर्फ ४१ हजार, अन्तःशुल्क आयातमा २३ लाख ११ हजार, भन्सार महशुल आयातमा ५ करोड एक लाख, कृषि सुधार शुल्कमा १ लाख आठ हजार, भन्सार सम्बन्धी अन्य आयमा ६ लाख ३९ हजार, मुल्य अभिवृद्धि कर आयातमा ४ करोड ४६ लाख ९७ हजार तथा हरित करबाट ४ हजार राजश्व सङ्कलनभएको प्रमुख सापकोटाले बताए ।

सत्ती भन्सार भएर आयातको तुलनामा निर्यात शून्य रहेको छ । यस बाहेक जिल्लामा धनगढीस्थित त्रिनगर भन्सार कार्यालय रहेको छ । सो भन्सार भएर खाद्यान्न, लत्ताकपडा, दैनिक उपभोग्य सामग्री तेकुनियाँ भएर आयात गरिँदै आएको छ । खुला सीमाका कारण राजश्व सङ्कलनमा समस्या भएको प्रमुख सापकोटाको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्