Shikhar Insurance
National Life

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटल

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १७:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्‌राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो ।

बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुने कम्पनीले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) विजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्