Shikhar Insurance
National Life

कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गयो : अध्यक्ष यादव

सिंहदरबार संवाददाता
२०८१ असार १६, आईतवार १६:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक जटिल अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौंमा नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कमिसनतन्त्र र भ्रष्टाचार संघदेखि प्रदेशसम्मै बढेर गएको बताए । उनले लोकतान्त्रिक संस्थाहरु बिस्तारै प्रभावहीन हुँदै गएको जानकारी गरे । उनले लोकतन्त्र भनेको जनताको शासन रहेको उल्लेख गर्दै दलको शासन दलतन्त्र र नेताको शासन नेतातन्त्र हुँदै स्वेच्छारी तन्त्रमा नेपालको लोकतन्त्र बदलिँदै गएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपालको शिक्षा प्राणली ध्वस्त भएको प्रमाणित भएको जानकारी गरे । उनले राजनीति बद्नाम भइरहेको बताए । सरकार जनताका समस्या समाधानका लागि भन्नेकुरा हुन छोडिसकेको बताए । अध्यक्ष यादवले आज पनि लोकतन्त्र बिस्तारै कमजोर भइरहेको जानकारी गरे । अहिले लोकतन्त्रको खतरा राजनीतिक दलहरु भित्रबाट नै रहेको बताए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्