काठमाडौं । पूर्वसभामुख तारानाथ रानाभाटले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो रहेको बताएका छन । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले देशलाई राम्रोसँग अघि बढाउने नेताको खाँचो हुँदा देशमा अहिलेको स्थिति सिर्जना भएको जिकिर गरे । उनले मुलुक मुखियाले गाउँ चलाएको जस्तो नभएको बताए । उनले नेपाल चलाउनु मात्रै नेताहरुको, सरकारको, प्रधानमन्त्रीको जिम्मेवारी नभएको भन्दै संसारभर रहेका आफ्ना मित्र, आफ्ना छिमेकी, आफ्नो व्यवस्थासँग व्यवस्था मिल्ने पद्धतिका विगतका क्रियाकलाप र आजका क्रियाकलापहरु एवं आफ्नो अनुकुल रहेका शासन व्यवस्था र पद्धतिलाई अध्ययन गरेर काम गर्नेकुरा संसद भित्रै सम्भव रहेको बताए ।
पूर्वसभामुख रानाभाटले सांसदहरु संसदमा आइसकेपछि कुनै जिल्ला, क्षेत्र र पार्टीको मात्रै नहुने बताए ।
प्रतिक्रिया दिनुहोस्