काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छिन । आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले संसदमा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् । अग्रजका सल्लाह सुझावबाट संसदलाई प्रभावकारी बनाउन आवश्यक रहेको जानकारी गरीन् । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थलाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् ।
उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्नसके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरीन् । उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्