काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्यज्योति लाइफले संस्थापक सेयर बिक्रीमा ल्याको छ । कम्पनीले ३ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ६२ रुपैयाँ रहेको छ । उक्त सेयर खरिदको लागि व्यक्ति, कम्पनी, संघसंस्थाहरुले सूचना प्रकाशन भएको आज (असार१६ गते) देखि असार २३ गतेसम्म बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, चौथो तला, टेड्र टावर नेपाल, थापाथली ११ काठमाडौंमा आइपुन्जेगरी के कति कित्ता खरिद गर्ने हो रेट खुलाई आवेदन पेश गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्