काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कम्पनीले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी आराधाना मल्लको नाममा रहेको २ लाख कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीको पधान कार्यालय लाजिम्पाट २ काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले प्रचलित कानून बमोेजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्