Shikhar Insurance

सस्तोलाई भन्दा गुणस्तरीय उत्पादनलाई जोड दिन डा कार्कीको आग्रह

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । आरोह फर्टिलाईजर्स प्रालिका प्रमुख सल्लाहकार डा योगेन्द्र कार्कीले सस्तोलाई भन्दा गुणस्तरलाई जोड दिनुपर्ने बताएका छन् । उनले शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

डा कार्कीले कुन उद्योग पहिले स्थापना भएको हो ? भन्ने कुरालाई भन्दा कुन उद्योगले गुणस्तर उत्पादन वितरण गर्छ ? भन्ने कुरालाई बढी मान्यता दिनुपर्ने बताए । जैविक मल उत्पादन गर्ने कारखाना तथा उद्योगहरुलाई आफूले निशुल्क सल्लाह तथा सुझाव दिदैँ आएको बताउँदै बायो फर्टिलाईजर्स मल गुणिस्तरयुक्त रहेको बताए ।

Citizen Life
Kumar Bank

साथै, कार्कीले किसानहरुलाई सस्तो मूल्यलाई भन्दा गुण र विशेषतालाई हेरेर उत्पादन प्रयोग गर्न आग्रह गरे । आरोह फर्टिलाईजर्स नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सहमति र उद्योग विभागको स्वीकृति अनुसार नेपालको पहिलो बायो अर्गानिक (जैविक) मल उद्योग रहेको उनले दावी गरे ।

यो मल वातावरण मैत्री, माटोको उर्बराशक्ति बढाउने प्रकृतिको रहेको जानकारी दिदैँ कार्कीले यस आरोह फर्टिलाइजर्स प्रालिले आरोह बायो (जैविक) तरल मल, दानेदार, पाउडर मल उत्पादन गर्दै आएको बताए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्