Shikhar Insurance
National Life

सरकारले आवश्यक अनुदान दिए प्रतिकेजी ८ रुपैयाँमा मल वितरण गर्छु : अध्यक्ष राणा

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार १७:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । आरोह फर्टिलाईजर्स प्रालिका अध्यक्ष शैलेन्द्र शमसेर राणाले फर्टिलाईजर्स मलमा नेपाल सरकारले आवश्यक अनुदान दिए प्रतिकेजी ८ रुपैयाँ मल बिक्री गर्ने बताए । उनले शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

अध्यक्ष राणाले फर्टिलाईजर्स मलको प्रयोगले पहिलो वर्ष नै १० प्रतिशत उत्पादन बढाउने बताए । उनले फर्टिलाईजर्स मल विषादीमुक्त रहेको बताउदै अन्न बालीलाई आवश्यक पर्ने न्युट्रोजन लगायतका तत्वहरु यस मलबाट पाईने बताए । अध्यक्ष राणाले फर्टिलाईजर्स मलले तत्काल नतिजा देखाउने दाबी गर्दै भने,’यो एक जैविक मल जस्तै हो, जस्मा कुनै पनि केमिकलको प्रयोग गरिएको छैन । विभिन्न केमिकलहरुले खानालाई बिगार्दै लान्छ । क्यान्सर जस्ता घातक रोगहरु निम्त्याउँछ । फर्टिलाईजर्स मल यी जोखिमहरुबाट मुक्त छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

फर्टिलाईजर्स मल अबको ५ वर्षभित्रमा अर्गानिक मलको रुपमा स्थापित हुने बताउँदै उनले यो मलको प्रयोगली बिग्रेका बालीनालीलाई सुधार गर्ने, अन्नको स्वाद बढाउने, अन्नमा वास्ना ल्याउने र माटोको उर्वरा शक्तिलाई समेत बढाउने तर्क व्यक्त गरे ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्