Shikhar Insurance

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार १७:०१
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डको गठित समितिले अध्यक्ष नियुक्ति सम्बन्धी प्रक्रिया रद्द गरेको छ । बोर्डको असार १४ गते बसेको बैठकको निर्णय अनुसार समितिले हालसम्म सम्पन्न गरेका छनौट सम्बन्धी सम्पूर्ण प्रक्रियाहरु रद्द गरेको हो ।

बोर्डको अध्यक्ष निमित्त नाम सिफारिस गर्नको लागि २०८० फागुन १६ मा सूचना प्रकाशन गरेको थियो ।

Citizen Life
Kumar Bank

समितिले असार पहिलो साता अध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका संक्षिप्त सूचीका ५ जनालाई अन्तर्वार्ताका लागि बोलाएको थियो। पाँचमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिश गर्ने योजना थियो।

तर, प्रतिस्पर्धीमध्ये मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ मात्रै अन्तर्वार्ताका लागि पुगेका थिए। बाँकी तीन प्रतिस्पर्धी नवराज अधिकारी, चिरञ्जिवी चापागाई र कृष्णबहादुर कार्की अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्ठ, अर्थसचिव मधुकुमार मरासीनी र विज्ञ सदस्य उदय निरौला रहेका छन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्