Shikhar Insurance
National Life

असार २५ गतेसम्म रकमान्तर गर्न अर्थ मन्त्रालयलाई मन्त्रिपरिषदको स्वीकृति

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार १३:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले अर्थ मन्त्रालयलाई रकमान्तर, स्रोतान्तर र कार्यक्रम संशोधनको अनुमति दिएको छ । मन्त्रिपरिषदको असार १० गते बैठकले असार २५ गतेसम्म पनि रकमान्तर गर्न अनुमति दिएको हो ।

अर्थ मन्त्रालयलाई मनपरी बजेट खर्चको अख्तियार दिने निर्णय असार १० गते नै भएको मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले जानकारी दिए । अर्थतन्त्र चलमयमान हुन नसकेको भन्दै अर्थ सचिव मधुकुमार मरासीनीले मन्त्री वर्षमान पुनको स्वीकृतिमा मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेका थिए । सो प्रस्तावमा मन्त्रिपरिषदले २५ गतेसम्म रकमान्तर स्रोतान्तर र कार्यक्रम संशोधन अनुमति दिने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रिपरिषदको यो निर्णय भने अर्थ मन्त्रालय आफैंले बनाएको कानुनको विपरित छ । मन्त्रालयले चालु वर्षको बजेटको बुँदा नम्बर ४० र अर्थ मन्त्रालयको बजेट कार्यान्वयन मार्गनिर्देशनको बुँदा नम्बर ८४ विपरित हो । दुबै कानुनमा असार महिनामा कुनैपनि रकमान्तर स्रोतान्तर र कार्यक्रम संशोधन गर्न पाइदैन भनि उल्लेख गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्