Shikhar Insurance
National Life

बढ्दो गर्मीलाई मध्यनजर गर्दै सिटिजन्स बैंकद्वारा अत्तरियास्थित विद्यालयलाई फ्यान सहयोग

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार ११:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, कैलाली जिल्ला अत्तरियामा अवस्थित विद्यालयलाई सहयोग प्रदान गरेको छ । बैंकले श्री सुप समावेशी आधारभूत विद्यालयलाई २० वटा फ्यान सहयोग स्वरुप प्रदान गरेको हो ।

सो विद्यालय शारीरिक रुपमा अपांगता भएका बालबालिकाहरुलाई आवासिय रुपमा राखेर अध्यापन गराउने सुदूरपश्चिम प्रदेशको एक मात्र विद्यालय हो । दिन प्रतिदिन बढ्दै गएको गर्मीको कारण अशक्त बालबालिकाहरुको पठनपाठन र दिनचर्यामा असर परेको हुँदा गर्मीको असरलाई केही हदसम्म भएपनि न्यूनिकरण गर्ने मनासायले बैंकले विद्यालयलाई फ्यान सहयोग प्रदान गरेको बैंकले जनाएको छ । बैंकको यस कार्यबाट विद्यार्थीहरुको दैनिक क्रियाकलाप र पठनपाठनमा केही सहजता हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।
बैंकको हालसम्म १९३ वटा शाखा, १५६ वटा एटिएमहरु रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्