काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य बढेको छ । अघिल्लो दिन घटेको सुनको मूल्य शुक्रबार १००० रुपैयाँले बढेको हो ।
आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ८०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन १ लाख ४० हजार ८००रुपैयाँ रहेको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार १०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४० हजार १०० रुपैयाँमा कारोबार एको थियो ।
त्यस्तै, शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ७९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७८० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्