Shikhar Insurance
National Life

साढे ३ करोड बढी लागतमा पक्की पुल निर्माण

सिंहदरबार संवाददाता
२०८१ असार १४, शुक्रबार १०:१०
Hyundai
NCELL
NIMB

भोजपुर । राउते खोलामा पक्की पुल निर्माण भएको छ । भोजपुरको टेम्केमैयुङ–९ भएर बग्ने यो खोलामा पूर्वाधार विकास कार्यालयले रु तीन करोड ५७ लाख लागतमा पुल निर्माण गरेको हो ।

‘राउते खोला पक्की पुल निर्माणअवधिभन्दा १५ महिनाअघि सम्पन्न गर्न सफल भएका छौं स्थानीयले भोगेको समस्यालाई ध्यानमा राखेर निर्माणको कामलाई तीव्रता दिइएको हो । पुल बनेसँगै स्थानीयलाई सहज भएको छ’, उक्त कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राउते खोला पुलले साविकको वडा नं ७ राउते र साविकको वडा नं ५ लेखर्कलाई जोडेको छ । पक्की पुल बनेपछि यातायातका साधन सञ्चालनमा सहजता भएको सवारीचालक मिलन तामाङले जानकारी गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्