Shikhar Insurance

शाओमीले ल्यायो ८ जिबी र्‍याम तथा २५६ जिबी स्टोरेज रहेको ‘रेड्मी १३’, कति पर्छ मूल्य ?

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १९:०६
NIMB
Nabil Bank

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ लन्च गरेको छ । शाओमीले शक्तिशाली मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर, १०८ मेगापिक्सेल क्यामारा, र लङ लास्टिङ ब्याट्रीको साथमा रेड्मी १३ असाधारण प्रदर्शन प्रदान गर्न डिजाइन गरिएको रेड्मी १३ लन्च गरेको हो ।

लन्चबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,“नेपालमा रेड्मी १३ सार्वजनिक गर्न पाउँदा हामी निकै खुशी र उत्साहित भएका छौँ । हामीले हाम्रा ग्राहकहरुलाई गरेको प्रतिबद्धता अनुरुप अत्याधुनिक प्रविधियुक्त फोनहरु ल्याएका छौँ । शक्तिशाली मिडियाटेक हेलियो जी ९१ अल्ट्रा प्रोसेसर, ठूलो ६.७९ इन्चको इमर्सिभ डिस्प्ले, १०८ एमपीको उन्नत क्यामेरा प्रणाली र लामो समयसम्म चल्ने ५,०३० एमएच ब्याट्रीले गर्दा बहुमुखी कार्यसम्पादनको लागि नयाँ बेन्चमार्क सेट गरेको छ । प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधि प्रदान गर्ने शाओमीको प्रतिबद्धतालाई हामीले रेड्मी १३ को साथमा कायम गरेका छौँ ।”

Citizen Life
Kumar Bank

रेड्मी १३ को मिडियाटेक हेलियो जि ९१ अल्ट्रा प्रोसेसर र एडभान्स्ड चिपसेटले विभिन्न कार्यहरूलाई सजिलैसँग हेन्डल गर्ने कम्पनीले जनाएको छ । १२ एनएमको चिपमा बनेको यो अक्टाकोर सिपियुमा कोर्टेक्स ए ५५ कोर र हाइ पर्फर्मेन्स कोर्टेक्स ए ७५ कोर भएको हुनाले २.०० गिगाहर्ज सम्मको अधिकतम फ्रिक्वेन्सी दिने र इन्टिग्रेटेड माली जि ५२ एमसी २ जिपियुले गेमिङ र मल्टिमिडिया एपको प्रयोगलाई सहज प्रदर्शन प्रदान गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार रेड्मी १३ को ६.७९ इन्चको फुल एचडी + डट डिस्प्ले प्रयोगकर्तालाई दमदार भिजुअल अनुभव प्रदान गर्नेछ । २४६० ८ १०८० पिक्सेलको रिजोल्युसनले जीवन्त कलर अनुभव र डिटेल प्रदान गर्दछ । ९० हर्ज सम्मको रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ र एनिमेसनहरू सुनिश्चित गर्दछ । साथै, लो ब्लु लाइट र फ्ल्यास–रहित डिस्प्लेले मोबाइलको लामो समय प्रयोग पनि सुनिश्चित गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले भन्यो, ‘रेड्मी १३ ले विभिन्न प्रयोगकर्ताका आवश्यकताहरू पुरा गर्न विभिन्न स्टोरेज र र्‍याम कन्फिगरेसनहरू प्रदान गर्दछ । ६ जिबी र्‍याम १२८ जिबी स्टोरेज र ८ जिबी र्‍याम २५६ जिबी स्टोरेज सहित विकल्पमा रेड्मी १३ उपलब्ध हुनेछ । यसबाहेक माइक्रोएसडी कार्ड मार्फत १ टिबीसम्म स्टोरेज बढाउन सकिन्छ । त्यसैले प्रयोगकर्ताहरूले स्टोरेजको बारेमा चिन्ता लिनुपर्ने छैन । सुन्दरताका साथ डिजाइन गरिएको, रेड्मी १३ समात्न र प्रयोग गर्न निकै सहज हुनेछ । १६८.६ एमएमको हाइट, ७६.२८ एमएम विड्थ र ८.३ एमएम मोटाईको साथ रेड्मी १३ को तौल मात्र २०५ ग्राम छ । यसको डिजाइनले सौन्दर्य र पोर्टेबिलिटी दुवै प्रदान गर्दछ ।’

साथै, उत्कृष्ट क्यामारा सेटअप सहित रेड्मी १३ बाट उत्कृष्ट फोटो र भिडियो खिच्न सकिन्छ । यसको रियर क्यामेरामा स्यामसङ सुपर–क्लियर आइएसओ सेल एचएम ६ सहितको १०८ मेगापिक्सेलको क्यामारा समावेश रहेको छ । यस मुख्य क्यामेरामा ६ पि लेन्स र १.७५ को एपेरेचर रहन्छ भने २.४ एपेरेचरको २ मेगापिक्सेलको म्याक्रो क्यामारा पनि यस स्मार्टफोनमा उपलब्ध हुन्छ ।

यो कम्बीनेसनको सहायताले प्रयोगकर्ताहरुले जस्तोसुकै लाइटिङमा पनि क्लोज–अप फोटोहरु लिन सक्नेछन् ।साथै फिल्म क्यामेरा, कस्टम फ्रेम, १०८० एमपी मोड, एचडिआर मोड, नाइट मोड, पोर्ट्रेट मोड र टाइम–ल्याप्स जस्ता सुविधाहरूले यस स्मार्टफोनलाई थप उपयोगी बनाउने कम्पनीले विश्वास लिएको छ । साथै, यस स्मार्टफोनको ३० एफपिइएसमा १०८० पि एचडी भिडियो मोड र ७२० पि एचडी भिडियो मोडले भिडियोमा रुची राख्नेहरुका लागि थप मजा प्रदान गर्दछ ।

रेड्मी १३ मा ५०३० एमएचको शक्तिशाली ब्याट्री उपलब्ध छ जसले दिगो प्रयोग सुनिश्चित गर्दछ । यसले ३३ वाटका फास्ट चार्जिङ सपोर्ट गर्दछ । साथमा यस स्मार्टफोनले सुविधाजनक टाइप–सी पनि सर्पोट गर्दछ । रेड्मी १३ मा सुरक्षा सुविधालाई प्राथमिकतामा राखिएको छ । साइड फिंगरप्रिन्ट सेन्सरले छिटो र सुरक्षित अनलक सुनिश्चित गर्दछ। साथै एआई फेस अनलकले छिटो र सुरक्षित पहुँचको लागि नयाँ विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ । यी सुविधाहरूले प्रयोगकर्ताको डेटा र व्यक्तिगत विवरण सुरक्षित रहने कम्पनीले जनाएको छ ।

रेड्मी १३ ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमा मिडनाइट ब्ल्याक, पर्ल पिंक र ओशन ब्लू रंगहरूमा उपलब्ध छन् । ६ जिबी + १२८ जिबी र ८ जिबी + २५६ जिबी भेरियन्टमका मुल्यहरु क्रमशः १८ हजार ९९९ र २१ हजार ९९९ रहेको छ । रेड्मी १३ असार १३ देखि नेपालभरका सबै एमआई स्टोर र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्