Shikhar Insurance

पहिलो राष्ट्रिय ई स्पोर्टसमा अधिकारिक उपकरण साझेदार बन्यो,’टेक्नो पोभा ६’

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १८:४७
NIMB
Nabil Bank

काठमाडौं । ई स्पोर्ट्स संघ नेपाल (इसान) ले आयोजना गर्ने प्रथम राष्ट्रिय ई स्पोर्टस च्याम्पियनसिपका लागि ‘टेक्नो पोभा ६’आधिकारिक उपकरण साझेदार हुने भएको छ ।

इसानले आगामी असार १४ र १५ मा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गर्ने च्याम्पियनसिपका लागि पोभा ६ आधिकारिक उपकरण साझेदार हुने भएको हो । पब्जी मोबाईल, मोबाईल लिजेन्ड्सः ब्यांङ्ग ब्याङ्ग (एमएलबीबी) र ई-फुटबल जस्ता खेलहरू खेलिने च्याम्पियनसिपको परस्कार राशी(प्राइज पुल) १२ लाख तोकिएको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank

कम्पनीका अनुसार टेक्नो पोभा ६ का उपकरणहरू प्रयोग गरेर प्रतियोगितामा असार १४ गते अनलाइन प्रारम्भिक छनोट र असार १५ मा हुने सेमिफाइनल र फाइनल खेल भौतिक रुपमा सञ्चालन गरिनेछ।

टेक्नो पोभा-६ मा २५६ जिबी ROM कासाथ २४ जिबी RAM सुपरमेमोरी, MediaTek Helio जि९९, ६०००mAh  ब्याट्रीर, ७० वाट अल्ट्राचार्जछ, १०८ MP डुअलरियरक्यामेरा रहेको कम्पनीले जनाएको छ ।

टेक्नो मोबाइल फोनको आधिकारिक राष्ट्रिय वितरक महालक्ष्मी मोबाइल्सले नेपालको पहिलो आधिकारिक गेमिङ फोनको रुपमा जुन १६ मा टेक्नो पोभा ६ सार्वजनिक गरेको थियो। यस अघि पनि टेक्नो स्पार्क २० प्रो प्लस को रिलिजले नेपालमा निकै लोकप्रियता पाएको थियो ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्