Shikhar Insurance

चिनियाँ र पाकिस्तानीबीचको संयुक्त उद्यम परियोजनालाई स्थानान्तरणको स्वीकृति

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १८:१०
NIMB
Nabil Bank

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चिनियाँ उद्योगलाई पाकिस्तानमा हस्तान्तरण गर्ने सम्बन्धमा चिनियाँ र पाकिस्तानी कम्पनीबीचको संयुक्त उद्यम परियोजनालाई स्वीकृति प्रदान गरेका छन् ।

लगानी मामिला बोर्डको महत्वपूर्ण बैठकको अध्यक्षता गर्दै सरिफले आन्तरिक तथा विदेशी लगानी प्रवर्द्धन सरकारको सर्वोच्च प्राथमिकता रहेको बताए । सरकारले व्यापारी तथा लगानीकर्तालाई व्यापार अनुकूल वातावरण प्रदान गर्न सबै सम्भव उपायहरू गरिरहेको उनको भनाइ छ ।

Citizen Life
Kumar Bank

सरिफले विशेष आर्थिक क्षेत्र(सेज) मा संयुक्त उद्यम परियोजना स्थापना गर्न इच्छुक चिनियाँ र अन्य लगानीकतालाई सुविधा प्रदान गर्न विशेष आर्थिक क्षेत्रमा एक–स्टप–शपका लागि मस्यौदा कानूनको समीक्षा गर्न पनि निर्देशन दिएका छन् ।

चिनियाँ उद्योगहरू जस्तै कपडा, छाला, जुत्ता र अन्यलाई पाकिस्तानमा स्थानान्तरण गर्ने महत्त्वपूर्ण सम्भावना रहेको, प्रधानमन्त्री सरिफले पहलको महत्त्वमाथि प्रकाश पारे । बैठकमा लगानी बोर्डका सचिवले चिनियाँ उद्योगलाई पाकिस्तानमा स्थानान्तरण गर्ने सम्बन्धमा चालिएको कदमबारे विस्तृत जानकारी दिएका थिए ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्