Shikhar Insurance
National Life

नेपालमा इन्ड्राइभले सुरु गर्‍यो कुरियर सेवा

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सहरी सेवा प्लेटफर्म इन्ड्राइभले नेपालमा कुरियर सेवासमेत सुरु गरेको छ । इन्ड्राइभले नेपालमा उचित मूल्यमा राइड सेयरिङ सेवा दिँदै आएकामा डेलिभरी सेवासमेत प्रदान गर्न सुरु गरेको हो ।

इन्ड्राइभ (एपीएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले भनिन्,’हामी नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध छौँ । हाम्रा सेवाहरूलाई अझ राम्रो बनाउन र नेपालमा जनताको आवश्यकता अनुसार थप सुविधाहरू ल्याउन प्रतिबद्ध छौँ । हाम्रो प्लेटफर्ममा हरेक दिन हजारौं सवारीहरू भइरहेका छन् । हामीले नेपालका यात्रुहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ ।’‘सन् २०२३ मा हामी अघिल्लो वर्षको तुलनामा २०० प्रतिशतको वृद्धि र सन २०२४ को पहिलो छ महिनामा, इन्ड्राइभले सवारीहरूमा ४६ प्रतिशत वृद्धि रेकर्ड गरेको छ। हाम्रो वृद्धि मेट्रिक्सले हाम्रा प्रयोगकर्ताहरू र चालकहरूले हामीमाथि राखेको विश्वासलाई प्रतिबिम्बित गर्दछ। हामी हाम्रा सेवाहरू बृद्धि गर्न, सुरक्षा सुनिश्चित गर्न र हामीले सेवा गर्ने समुदायहरूमा सकारात्मक योगदान दिन समर्पित छौँ ।’ उनले भनिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नतालियाले थपिन्,’हामी नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुवात भएको घोषणा गर्न पाउँदा उत्साहित छौं । सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ। इन्ड्राइभ डेलिभरी मार्फत, हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको सामनालाई समाधान गर्ने आशा राख्दछौँ ।’

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्