काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२४ अंकले घटेर परिसूचक २०५१.९२ मा पुगेको बजार बन्द भएको हो ।
बिहीबार ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८ सय २४.५४ रुपैयाँ कारोबार भएको छ ।
बिहीबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८०९ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ९ हजार २९ रुपैयाँ रहेको छ ।
बिहीबार ४७ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
साथै, आज त्रिशुली जलविद्युतकम्पनीको सेयर मूल्य ७.०९ अंकले बढेको छ भने नेपाल फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्