Shikhar Insurance
National Life

मन्त्री र सांसदहरुले समय दिन नसक्दा कानून बन्न ढिला भयो : सभापति थापा

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १३:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले समितिले बोलाएको बैठकमा मन्त्री र सांसदहरु उपस्थित हुन नसक्दा कानून निर्माणमा ढिलाइ भइरहेको बताएका छन् ।

बिहीबार बसेको समितिको बैठकमा बोल्दै उनले विद्यालय शिक्षा विधेयक र नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथिको छलफलमा सांसद र मन्त्रीलाई बैठकमा उपस्थित हुन आग्रह गरेपनि समय छैन भन्दै टार्ने गरेको भन्दै आपत्ति जनाएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले बैठक बोलाइसकेपछि समय छैन भनेर एक घण्टामै उठेर हिँड्दा समितिको बैठक बस्नका लागि कोरम नपुग्ने र त्यसले कानून निर्माण गर्न समय लाग्ने गरेको बताए । उनले समयसँगसँगै समितिमा आएका विधेयकहरुको छलफलका लागि प्राथमिकता दिन सांसदहरुसँग आग्रह गरे । उनले विद्यालय शिक्षासम्बन्धी विधेयकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छलफल गर्नू भन्ने पत्र समितिलाई पठाएको भन्दै मन्त्रालयको जिम्मेवारी बाहिरको कुरा भएको जानकारी गरे ।

उनले समितिलाई मन्त्रालयले पत्राचार गरेर यसलाई गर्, यसलाई नगर् भन्ने आदेश दिने ठाउँ नभएको बताए । मन्त्री सम्बन्धित समितिमा समितिले बोलाएको समयमा उपस्थिति हुनैपर्ने जानकारी गरे । उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षा विधेयकलाई संसदमा पेश नगरेसम्म मन्त्रीको प्रश्ताव आएपनि आफू नजाने प्रतिवद्धता जनाए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्