Shikhar Insurance

९ महिनामा लक्ष्मी स्टिलको ६ अर्ब १७ करोड बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १८:२५
NIMB
Nabil Bank

काठमाडौं । लक्ष्मी स्टिल लिमिटेडले चालु आवको ९ महिनामा ६ अर्ब बढीको कारोबार गरेको छ । इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको तथ्यांक अनुसार कम्पनीले ९ महिनमा ६ अर्ब १७ करोड ९० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२३ मा ९ अर्ब ४४ करोड ४० लाख रुपैयाँ व्यापार गरेको थियो। त्यस्तै, सन् २०२२ मा ८ अर्ब ५४ करोड ३० लाख व्यापार गरेको थियो भने सन् २०२१ मा ६ अर्ब ८ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो ।

Citizen Life
Kumar Bank

त्यस्तै, कम्पनीको ब्याज कभरेज रेसियो २०२१ मा २.७५, २०२२ मा ३.९०, २०२३ मा २.०० र आवको ९ महिनाको २.०६ रहेको तथ्यांकले देखाएको छ । कम्पनीले  ३ अर्ब ३८ करोड ९० लाख रुपैयाँ ऋणका लागि रेटिङ गराएको छ ।

यस कम्पनीले टीएमटी स्टील बार, बिलेट र तारको निर्माणमा गर्दछ । यसको एक प्लान्ट सुनुवाल, नवलपरासीमा सञ्चालित छ । कम्पनीले प्रतिवर्ष ३ लाख ५० हजार मेट्रिक टन स्टिल उत्पादन गर्दै आएको इन्फोमेरिक्स क्रेडिट रेटिङले जनाएको छ ।

कम्पनी सौरभ समूहको एक अंग हो, जुन २००८ मा निजी लिमिटेडका रुपमा समावेश भएको थियो । यो एक दशकभन्दा बढी समयदेखि सञ्चालनमा रही आएको छ । कम्पनीका अध्यक्ष टिकाराम न्यौपाने हुन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्