काठमाडौं । सुनको मूल्यमा बिहिबार फेरी ओरालो लागेको छ । अघिल्लो दिन ७०० रुपैयाँले घटेको सुनको मूल्य बिहिबार ८०० रुपैयाँले घटेको हो ।
बिहिबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन १ लाख ४१ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
त्यस्तै, बिहिबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार १०० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । सुन अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
साथै, आज चाँदी १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । भने अघिल्लो दिन चाँदी १ हजार ७९० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्