Shikhar Insurance
National Life

कार्यकर्ता स्वास्थ्यकर्मी पिट्ने, महासचिव कारबाही गर्न आदेश दिने

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १७:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई टेलिफोन गरी नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटनामा सङ्लग्नलाई हदैसम्मको कारबाही गर्न निर्देशन दिएका छन् ।

महामारीको बेला जनताको जीवनरक्षामा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण ‘गम्भीर अपराध र अमानवीय’ भएको बताउँदै उपप्रधानमन्त्रीले स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन पनि दिएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । घटनाको सम्बन्धमा छानबिन समिति गठन भएको छ भने ३ जना पक्राउ परिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भेरी अञ्चल अस्पतालमा कोरोना संक्तमितको उपचारमा खटिएका डाक्टर र नर्सहरुमाथी कुटपीट गर्ने ओली एमालेका कार्यकर्ता रहेको खुलेको छ । ओली एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रावतले डाक्टर, नर्सहरुमाथी कुटपिट गरेको बताइएको छ । रावतसहित अन्य २ जनालाई स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

रावतका दाइ तुलसीपुर उपमहानगर ११ का ५४ वर्षीय कोरोना संक्रमित डिल्लीबहादुर रावतको उपचारका क्रममा मृत्यु भएको थियो। उपचारमा लापरवाही गरेको भन्दै रावतसहितको टोलीले डाक्टर र नर्सहरुमाथि कुटपिट गरेको हो ।

उनीहरूको कुटपिटबाट डाक्टर दीपक गुप्ता, डाक्टर चन्द्रप्रकाश साहु, डाक्टर समा अनसारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठ घाइते भएका छन् ।

उपप्रधानमन्त्री पोखरेल नेकपा एमालेका महासचिव हुन् । उनले आफ्नै प्रदेश नेता तथा कार्यलाई थुन्ने आदेश दिएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्