Shikhar Insurance
National Life

प्रतिकित्ता ५ सय रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ असार १३, बिहीबार १०:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएककाे छ । कम्पनीले संस्थापक सेयरनी चन्दन कार्कीको नाममा रहेको ६ हजार ९ सय ६९ कित्ता संस्थापक बिक्रीमा ल्याएको हो ।

कम्पनीले उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य ५ सय रुपैयाँमा तोकेको छ । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिभित्र कम्पनीको केन्द्रीय कार्यालय कास्की पोखरामा आफूले खरिद गर्न चाहेको सेयर कित्ताको संख्या खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्