Shikhar Insurance

बैंकहरुले अग्राधिकार सेयर जारी गर्न सक्ने, सेयरधनीले भन्दा पहिले लाभांश पाउने

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार २०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई अग्राधिकार सेयर जारी गर्ने सुबिधा प्रदान गरेको छ । बुधबार एकिकृत निर्देशन २०८० मा संसोधन गर्दै पुँजी कोष दबाबमा रहेका बैंक तथा वित्तिय संस्थाहरुलाई अग्राधिकार सेयर जारी गर्ने सुबिधा उपलब्ध गराएको हो ।
बहुसंख्यक बाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरु पुँजी कोष अभावमा थप ऋण लगानी गर्नै नसक्ने अवस्थामा रहेका थिए ।

त्यसरी जारी हुने अग्राधिकार सेयरधनीहरुले बैंक तथा वित्तिय संस्थाहरुको लाभांशमा पहिलो अधिकार प्राप्त गर्नेछन् । बैंकहरुले नाफा कमाउने वित्तिकै संस्थापक सेयरधनी र साधारण सेयरधनीहरुले भन्दा पहिले नै नाफा पाउनेछन् । बैंकहरुले नाफा कमाउने वित्तिकै अग्राधिकार सेयरधनीहरुलाई लाभांश दिनुपर्छ ।

Citizen Life
Kumar Bank

अब भने ति बैंक तथा संस्थाहरुले अग्राधिकार सेयर जारी गरेर आफ्नो टायर १ क्यापिटल बढाउन सक्नेछन् । क्यापिटल एडुक्वेसी फ्रेमवर्कअनुसार बैंकहरूले जोखिम भारित सम्पत्तिको १।५ प्रतिशतसम्म पर्पेचुअल प्रकृतिको नन्–क्युमुलेटिभ अग्राधिकार सेयर जारी गर्न सक्छन् ।
बैंकहरुले कमन इक्विटी, क्यापिटल कन्जरभेसन बफर र अतिरिक्त पुँजी गरि बैंकहरूले कुल ८.५ प्रतिशत प्राथमिक पुँजी कायम गर्नुपर्छ ।

क्यापिटल एडुक्वेसी फ्रेमवर्कले अतिरिक्त पुँजी जुटाउने उपकरण जारी गरि पुँजी पुर्याउन सक्ने व्यवस्था गरेपनि बैंकहरूले हालसम्म यो उपकरण प्रयोग गरेका थिएनन् । अहिले पाँच वटा बाणिज्य बैंकहरु पुँजी कोषको सकसमा रहेका छन् ।

राष्ट्र बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्काशन गर्न नपाइने भनेको छ । बैंक तथा वित्तिय संस्थाहरुले त्यस्तो अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्नेछ ।

अहिले कृषि विकास बैंकमा नेपाल सरकारको अग्राधिकार सेयर रहेको छ । त्यस बाहेक नविल बैंक र एनआइसी एशिया बैंकले अग्राधिकार सेयर जारी गर्ने अनुमति माग्दै नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् ।

बिभिन्न इन्स्योरेन्स कम्पनीहरुले अब बैंक तथा वित्तिय संस्थाहरुको अग्राधिकार सेयर खरिद गर्न सक्नेछन् । त्यस बाहेक नेपाली सेनाको कल्याणकारी कोष, कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, सामाजिक सुरक्षा कोष, नेपाल पुनर्बीमा कम्पनी लगायतले पनि अग्राधिकार सेयर किन्न सक्नेछन् ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्