Shikhar Insurance

सिटिजन्स बैंकद्वारा भुकम्पबाट क्षतिग्रस्त विद्यालयलाई १ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार १८:०९
NIMB
Nabil Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुदूरपश्चिम प्रदेश, बझाङ गोलाईमा अवस्थित श्री बाल विकास माध्यमिक विद्यालयलाई पुनर्निर्माणका लागी १ लाख रुपैँया सहयोग गरेको छ ।

गत असोजमा गएको विनाशकारी भुकम्पले गर्दा विद्यालय भवनका कोठाहरु पूर्ण तथा आंशिक रुपमा क्षति ग्रस्त भएका र पठानपाठनमा समेत असर परेकाले बैंकले विद्यालय भवन निर्माणका लागि सो सहयोग गरेको हो । बैंकको यस कार्यबाट विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ । कक्षा १ देखि १२ सम्म अध्यापन हुने यस विद्यालयमा हाल करिव ३०० विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Citizen Life
Kumar Bank

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएको छ ।

बैंकले हालसम्म देशभर १९२ वटा शाखा, १५५ वटा एटिएम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ५९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्