Shikhar Insurance
National Life

‘एसयूभीएल ईभी ०१’ को आधिकारिक बिक्रेतमा नेक्सन, ५०० किमि रेञ्जसहित छिट्टै नेपाली बजारमा

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार १७:५६
Hyundai
NCELL
NIMB

कठमाडौं । विश्वको प्रतिष्ठित डिजाइन हाउस ‘शंघाई लञ्च अटोमोटिव’को आधिकारिक बिक्रेतमा नेक्सन वेंचर्स प्रा ली नियुक्त भएको छ । शंघाईको पहिलो प्रीमियम ‘एसयूभीएल ईभी ०१’ को आधिकारिक बिक्रेतमा वेबोर ग्रुप अन्तर्गतको ‘नेक्सन वेन्चर्स प्रालि’ नियुक्त भएको हो ।

शंघाई लञ्च अटोमोटिवले आफ्नो पहिलो राइट ह्याण्ड ड्राइभ मोडलको रुपमा तयार पारेको प्रीमियम ‘एसयूभीएल ईभी ०१’ नेपालमा आउने कम्पनीले जनाएको छ । वेबर ग्रुपले नेपाली बजारमा ‘एल ई भी ०१’ को सुरुवात गर्दैछ, जसले विद्युतीय सवारीको भविष्यतर्फको सकारात्मक कदम चालेको छ । कम्पनीले यसले वातावरणमैत्री ड्राइभिङ अनुभव उपलब्ध गराउनुका साथै नेपाली अटोमोबाइल उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने र उच्च गुणस्तरीय सेवा प्रदान गरेर ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिने लक्ष्य राखेको बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका अनुसार ग्राहकको विश्वास प्राप्त गर्न बिक्री पछि सेवा र प्राविधिक सहयोग पनि उपलब्ध हुनेछ। कम्पनीले भन्यो,’प्योर ईवी प्लेटफार्ममा निर्मित प्रिमियम इलेक्ट्रीक एसयूभी एल ई भी-०१’ को लम्बाई ४६४० एमएम, चौडाई १८७० एमएम, उचाई १६५५ एमएम रहेको छ । यसको ह्वीलबेस २७६० एमएम छ । १९ इन्चको ह्वील रहेको एल ई भी ०१ को ग्राउण्ड क्लियरेन्स १९० एमएम छ ।’

यसमा ६७.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री र ९९ किलोवाटको मोटर छ । यसले ५०० प्लस किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । डीसी फास्ट चार्जरको प्रयोग गरी यसलाई ३५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्