Shikhar Insurance

विष्णु पौडेल चढेको बुद्ध एयरको जहाज एकैपटक १०० फिट तल झरेपछि..

सिंहदरबार संवाददाता
२०८१ असार १२, बुधबार १४:४०
NIMB
Nabil Bank

काठमाडौं । बुद्ध एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट बिहान ८:२५ बजे भैरहवाको लागि उडेको जहाज अवतरण गर्न नसकेर ओभरसुट गरेको हो ।

गौतमबुद्ध विमानस्थलमा अवतरण गर्ने क्रममा भारी वर्षा भएपछि चालक दलका सदस्यले धावन मार्ग देख्न सकेका थिएनन् । जहाजमा सवार राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयालका अनुसार जहाज अवतरण गर्न पाङग्रा खुलिसकेको अवस्थामा चालक दलका सदस्यले फोर्सफुल्ली ओभरसुट गरेका हुन् ।

Citizen Life
Kumar Bank

डा. फुयालले सिंहदरबारसँग भने,’जहाज अवतरण गर्ने क्रममा धेरै पानी पर्यो, पाइलटले जहाजको चक्का समेत खोलिसकेको अवस्थामा फोर्सफुल्ली ओभरसुट गर्न सफल भए, धन्य! पाइलट निकै कुशल रहेछन्।’

उनले थपे,’नेकपा एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु प्रसाद पौडेल र म एकै सिटमा थियौं, ७३ सिटको जहाज पुरै भरी थियो, विदेशी पर्यटक र नेपाली नागरिक रहेका थिए, पाका उमेरका मानिसहरुको मुटु बलियो भएपनि अन्य नागरिकको भने चर्को रुवावासी नै चलेको थियो ।’

उनका अनुसार जहाजको संकट त्यतिमा मात्रै सिमित भएन, काठमाडौं फर्किने क्रममा ठूलो ट्रबुलेन्समा जहाज पर्न गयो । जहाज एकै पटक १०० फिट सम्म तल झरेपछि जहाजमा चर्को रुवावासी चलेको थियो । जहाज ५० देखी १०० फिटसम्म तल झर्दा जहाजले सन्तुलन भने गुमाएन चालक दलका सदसस्यको कुशलताले जहाज सकुसल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको छ ।

राष्ट्रिय योजना आयोगकाको पाँच सदस्यीय टोली विशेष आर्थिक क्षेत्र (सेज)को अनुगमनका लागि भैरहवा प्रस्थान गरेको थियो ।  सो कार्यक्रम हालका लागि स्थगित भएको छ । आयोगले विशेष आर्थिक क्षेत्र (सेज), बुटवल धागो कारखाना, धौवदी फलाम उद्योग लगायतको अनुगमन गरी शुक्रबार फर्कने योजना थियो ।

 

GBIME
siddhartha bank

प्रतिक्रिया दिनुहोस्