Shikhar Insurance
National Life

अनुदानको १० लाख डोज चिनियाँ खोप लिन वाईडबडी बिमान बेईजिङ जाँदै

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १४, शुक्रबार १५:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वायुसेवा निगमको जहाज खोप लिन चीन जाने भएको छ । चीन सरकारले अनुदानको रुपमा दिएको १० लाख डोज खोप लिनका लागि निगमको वाइडबडी बिमान चीन पठाउने तयारी भइरहेको निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए ।

“आवश्यक प्रक्रिया पुरा गरेर आगामी सोमबार नेपाल निगमको ए३३० वाइडबडी बिमान बेईजिङ पठाउने तयारी गर्दैछौं,” प्रबन्ध निर्देशक पौडेलले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग टेलिफोन वार्ता गरेकी थिइन् । उक्त टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले १० लाख डोज भेरोसेल खोप नेपाललाई अनुदान दिने घोषणा गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्