काठमाडौं । बुधबार सुनको मुल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज ७०० रुपैयाँले घटेको हो ।
बुधबार छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ४२ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ९०० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुन प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला २५ रुपैयाँले घटेको हो ।
प्रतिक्रिया दिनुहोस्