Shikhar Insurance
National Life

एलटीओ, एमएलटीओको प्रमुख बन्न दौडधुपमा डा.टोकराज पाण्डे, माओवादी सदस्यता लिन तयार

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १९:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । सहसचिव डा.टोकराज पाण्डे ठूला करदाता कार्यालय र मध्यमस्तरिय करदाता कार्यालय मध्ये एकको प्रमुख बन्न चर्को लबिङमा छन् । साउन महिनामा दुई कार्यालय मध्ये एक कार्यालय प्रमुख बन्न अर्थमन्त्री वर्षमान पुनलाई मनाउन सफल भएका हुन् । पाण्डे अहिले सुत्केरी बिदामा छन् । उनी केहि दिनमै चीन भ्रमणमा जानेछन् । चीन भ्रमणबाट फर्केपछि साउन महिना लागेसँगै उनी कार्यालय जाने मन्त्री पुनसँग सहमति गरेका हुन् ।

मन्त्रालयका एक कर्मचारीले भने, ‘डा. पाण्डेको जागिर खाने कला देखेर म अचम्मित भए, उनी यति सिपालु रैछन् कि आफू काँग्रेस निकट रहेर पनि माओवादी मन्त्री मनाउन सफल भए ।’ स्रोतका अनुसार पाण्डे कार्यालय प्रमुख बन्न नेकपा माओवादी पार्टी सदस्यता लिन समेत तयार भएका छन् । स्रोतले थप्यो, ‘अर्थमन्त्री पुनसँग पाण्डेले सबै कुरामा सहमत गराइसकेका छन्, उहाँको अर्थ सचिव मधु मरासिनीसँग पनि राम्रो सम्बन्ध छ, पछिल्लो समय ठूला निकायमा जान माओवादी पार्टीले संगठित सदस्यता अनिवार्य गरेको छ, माओवादी पार्टीको गोप्य रुपमा सदस्यता लिएर पाण्डे कार्यालय प्रमुख बन्न तयार भएका हुन्।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुर्व अर्थमन्त्री प्रकाशशरण महतको समयमा अर्थ मन्त्रालय भित्रिएका पाण्डे त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुखको रुपमा काम गरिसकेका छन् । उनी पछि अर्थ मन्त्रालयको प्रशासन महाशाखामा बसेका थिए । केहि सहसचिवको पदस्थापन गर्ने क्रममा उनी अहिले बिना भुमिकामा छन् । दुई कार्यालय मध्ये एक कार्यालयमा सरुवा गर्ने सर्तमा मात्रै पाण्डे महाशाखा छोड्न मानेका हुन् । उनी यातायात व्यवस्था विभागका महानिर्देशक समेत बनिसकेका छन् । यस्तै, सहकारी विभाग प्रमुख पनि बनिसकेका छन् ।

स्रोतका अनुसार माओवादीका कर्मचारीहरुलाई समेत माथ खुवाउने गरी उनले मन्त्री पुनको चाप्लुसी गरेका छन् । अर्थमन्त्री पुनले २ सहसचिवहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि बजेट महाशाखामा धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र राना बजेट महाशाखामा ल्याएका छन् । भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव रामकुमार महतो आएका छन् । यसैगरी, महालेखा नियन्त्रक कार्यालयमा नारायण सापकोटालाई पठाएका छन् । मन्त्रालयको प्रशासन महाशाखामा रामप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्