Shikhar Insurance
National Life

प्रभु बैंकका कामदारहरुलाई नेपाल क्यान्सर हस्पिटलको सेवामा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक र हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विभिन्न सेवा सुविधामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बिच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट बाग्मति प्रदेश–३ का प्रमुख राजु केसी र शाखा प्रबन्धक अमित बज्राचार्यले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरुले कर्मचारी मान्य परिचयपत्र को आधारमा मा नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर को विभिन्न सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त समारोहमा बिशेष गरी महिला कर्मचारीहरुलाई लक्षित गरि स्तन र पाठेघर सम्बन्धि क्यान्सरबारे जानकारी गराइएको थियो । स्तन सम्बन्धि क्यान्सर का डा प्रफुल्ल शाक्य र पाठेघर सम्बन्धि क्यान्सर की डा अनु बज्राचार्यले चेतना मुलक सन्देश प्रस्तुत गरेका थिए । भने सो समारोहमा उल्लेखनीय महिला कर्मचारीहरुको सहभागिता समेत रहेको थियो ।

प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्