काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर काँग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गरे ।
उनले २०८४ सम्म काँग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए । उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन आग्रह गरे । महामन्त्री थापाले काँग्रेसले ०८४ मा कम्तिमा ४० प्रतिशत मत ल्याउने गरी पार्टी निर्माण लाग्ने बताए ।
प्रतिक्रिया दिनुहोस्