Shikhar Insurance
National Life

मन्त्री तामाङद्वारा दियालो सङ्ग्रहालयको अनुगमन

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १६:२९
Hyundai
NCELL
NIMB

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले दियालो दरबार सङ्ग्रहालयको अनुगमन गरेका छन् ।

भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएपछि यसको निरीक्षण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निरीक्षणका क्रममा मन्त्री तामाङले कर्मचारी र ठेकेदार कम्पनीलाई मर्मतको काम चाँडोभन्दा चाँडो सम्पन्न गर्न निर्देशन दिए । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्ष्यित गरी दियालो बङ्गला सर्वसाधारणका लागि खुला गर्नेगरी काम भइरहेका छ । हाल सङ्ग्रहालय मर्मतको ९० प्रतिशत काम सम्पन्न भएको छ दिदीबहिनी निर्माण सेवाले ९२ लाखमा मर्मतको ठेक्का पाएको छ ।

दरबारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । भ¥याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार बनेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको छ । दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । ऐतिहासिक यो स्थल ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्