Shikhar Insurance
National Life

सिटिजन्स बैंक र सितल चौतारी होटलबीच विशेष छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १६:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंस्थित सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोबीच विशेष छुट समझदारी भएको पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले सितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्यूट एण्ड रेस्ट्रोमा १४ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १९२ वटा शाखा, १५५ वटा एटिएम रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्