काठमाडौं । स्प्यारो एसएमएस, नेपालको अग्रणी एसएमएस सेवा प्रदायकले नेशनल परीक्षा बोर्डसँग निरन्तर सहकार्य गर्ने भएको छ । यस बर्षको एसइईको नतिजा एसएमएसमार्फत सहज बनाउँन बोर्डसँग सहकार्य गर्ने भएको हो ।
यस सहकार्यले २०८०-२०८१ को माध्यमिक शिक्षा परीक्षाका नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउने स्प्यारोले जनाएको छ । यस साझेदारीले एसइई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न लक्ष्य राखेको बोर्डले जनाएको छ ।
स्प्यारो एसएमएसले भन्यो,’विगतका दिनमा तपाईंले एसइईको नतिजा हेर्नका लागि लामो लाइनमा पर्खिरहनुपरेको र पत्रिकाहरूमा घन्टौं खोज्नुपर्ने कुरा याद गर्नसक्नुहुन्छ ? नतिजाको दिन तनावपूर्ण हुन्थ्यो,र चर्को घाम वा भारि वर्षामा पनि निकै प्रतीक्षा गर्नु पर्दथ्यो। यहि समस्याको सामधानको लागि स्प्यारो एसएमएसले नतिजा हेर्न प्रविधि शुरू गरेको थियो ।’
विद्यार्थीहरुले आफ्नो मोबाइल सन्देश बक्समा गई नयाँ सन्देश लेखी SEE <space> सिम्बोल नम्बर ३५००१ मा एसएमएस पठाएर नतिजा हेर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्