काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक ५.६० अंकले बढेर २०७१.७७ मा पुगेको हो ।
मंगलबार ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८ सय ३३ रुपैयाँ कारोबार भएको छ ।
आज २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आज ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५ र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमा सर्किट लागेको हो ।
त्यस्तै, न्यादी हाइड्रोपावरको ८.६५ प्रतिशत, उप्पर सोलु हाइड्रो एलेक्ट्रीक कम्पनीको ७.५७ प्रतिशत, चिख्र्वा हाइड्रोपावरको ६.६८ प्रतिशत सहित १९१ कम्पनीको सेयर मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस्