Shikhar Insurance
National Life

महान्यायाधिवक्ता कार्यालयले भन्यो : २ जनाको नाम सिफारिस गर्न मिल्दैन, बाँकी कानून पढ्नु

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार ११:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले लिखित राय दिएको छ । स्रोतका अनुसार महान्यायाधिवक्ता कार्यालयले बोर्ड अध्यक्ष नियुक्तिका लागि दुई जनाको नाम सिफारिस गर्न नमिल्ने राय दिएको छ । ‘कानूनमै प्रष्टसँग योग्यता पुगेका कम्तिमा तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था उल्लेख छ, सोही अनुसार दुई जनाको नाम सिफारिस नगर्नु भनेर राय दिईएको छ’, महान्यायाधिवक्ता कार्यालयको उच्च स्रोतले भन्यो ।

कानूनमै दुई जनाको नाम सिफारिस गर्न नमिल्ने भनेको र बाँकी विषय भने छनौट समितिले नै निर्णय गर्न उपयुक्त हुने राय पनि महान्यायाधिवक्ता कार्यालयले दिएको छ । बोर्ड अध्यक्ष बन्न दौडमा रहेका १९ जनामध्ये सर्ट लिस्टमा परेका ५ जनालाई असार २ गते अन्तरवार्ताका लागि बोलाईएको थियो । सेटिङमा कुनै उम्मेदवारलाई अध्यक्ष बनाउन खोजिएको सामाचारहरु सार्वजनिक भएपछि पाँच मध्ये ३ जना प्रतिष्पर्धीले अन्तरवार्ता बहिष्कार गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले अन्तरवार्ता दिएका थिए भने डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ र कृष्ण बहादुर कार्कीले अन्तरवार्ता बहिष्कार गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्