Shikhar Insurance
National Life

नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १०:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल गुणस्तर परिषदले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औं परिषदको बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिएका हुन् । यस्तै बैठकले सुरक्षित सिसाको समेत मापदण्ड पारित गरेको छ । सुरक्षित सिसालाई समेत विदेश निर्यातमा सहज हुने विभागले जनाएको छ ।

विभागको प्राविधिक समितिले गुणस्तर पारित गर्ने उद्योग तथा वस्तुको प्राविधिक अध्ययन गरी परिषद्मा पठाउने गर्दछ । परिषदको सदस्यसचिव विभागका महानिर्देशक रहने प्रावधान रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्