Shikhar Insurance
National Life

अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सानिमा बैंक र क्लियरिङ हाउसबीच सहकार्य

सिंहदरबार संवाददाता
२०८१ असार ११, मंगलवार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । नेपाल र भारतमा अन्तरदेशीय सरल र सजिलो डिजिटल भुक्तानी सुविधा प्रदान गर्ने सम्बन्धमा बैंक र क्लियरिङ्ग हाउसबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । यस सहकार्यबाट दुबै देशका नागरिकहरूलाई एनसीएचएल नेटवर्क मार्फत नेपाल राष्ट्र बैंकको नियमानुसार रकमान्तर गर्न सहज र झन्झटरहित डिजिटल भुक्तानी सेवा प्रदान हुने उद्देश्य रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालयहरु तथा १२४ वटा एटिएम सञ्जाल रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्