काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन ३०० रुपैयाँले बढेको सुनको मूल्य मंगलबार स्थिर रहेको हो ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन पनि सोही मूल्यमा खरिदबिक्री भएको थियो ।
नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ६०० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय १५ रुपैयाँ रहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
प्रतिक्रिया दिनुहोस्