काठमाडौं । हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले बुक कलोज मिति तय गरेको छ । कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको निर्णय अनुसार शत प्रतिशत हकप्रद सेयर निष्कासनको स्वीकृतीको अधारमा असार २० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।
जसअनुसार आधारमा असार १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रतिसेयर १०० रुपैयाँको दरले ९९ सय करोड रूपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद सेयर जारि गर्न लागेको हो । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्